अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक: अध्यक्षमा ५ जनाको उम्मेदवारी, भोलि मतदान
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
अनेरास्ववियुको नेतृत्वमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि हलमै नाराबाजी भएको थियो । नाराबाजीपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको सम...









