२०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी...

१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स

१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स
काठमाडाैं, जेठ २७ गते । चालु आर्थिक २०८१-८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरण अनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो । यस्तो रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्रै विप्रेष...

युके पठाइदिने बहानामा ३८ जनाबाट ११ करोड ठगी, दुई पक्राउ

युके पठाइदिने बहानामा ३८ जनाबाट ११ करोड ठगी, दुई पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूले हालसम्म ३८ जनाबाट ११ क...

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई १ लाख सहित सम्मान गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई १ लाख सहित सम्मान गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशी प्रदेशका खेलाडीलाई १ लाख रकम सहित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। आज विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा १५ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने प्रदेशका खेलाडी बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रथम हुने खेलाडीलाई व्यक्तिगत, टिम स्पर्धामा प...

“दुःख सुनाएर के काम?” गीत सार्वजनिक

“दुःख सुनाएर के काम?” गीत सार्वजनिक
काठमाडौं। गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत "दुःख सुनाएर के काम?" सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो बाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ। मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्य...

विश्वकप क्रिकेट लिग–२ : चौथो श्रृङखलाको आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ : चौथो श्रृङखलाको आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको शृङखलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको नेपाल अस्ति आइतवार भएको तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित हुन पुग्यो । त्यसअघि...

एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै

एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै
काठमाण्डौ – एएफसी एशियन कप सन् २०२७ को छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल न्यू लाओस नेसनल मैदानमा नेपाली समय अनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । यो समूहमा नेपालसहित लाओस र भियतनाम रहेका छन् । यसअघि समूह एफको पहिलो खेलमा नेपाल मलेसियासँग उसैको मैदानमा दुई गोलले पराजित भएको थियो । यो नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल थियो तर दशरथ रङ्गशाला खेल्न लायक नभएपछि...

विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी, सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी, सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै – रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी लिए/दिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा लाग्नेहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई प...

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं, २७ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।    दिउँसो कोशी प्रदेश र लुम्बिनी प्रदेश लगा...

सहकारीका अगुवालाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण

सहकारीका अगुवालाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण
दमक । एन्जल फाउण्डेसन उर्लाबारीले सुनसरी, मोरङ र झापाका सहकारी अगुवाहरुलाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । जीवित नै अस्पतालसम्म पुर्‍याउन सक्दा मात्र उपचार सम्भव हुने भन्दै फाउण्डेसनले झापाको दमकमा एकदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा करिब दुई सय सहकारीका अध्यक्ष, प्रबन्धक तथा कर्मचारीहरुको सहभागिता थियो । तत्काल प्राथमिक उपचार पाउँद...