बागमती सरकारका प्रवक्ता भन्छन्: ‘म सँग मन्त्रालयगत सूचना हुँदैन’

बागमती सरकारका प्रवक्ता भन्छन्: ‘म सँग मन्त्रालयगत सूचना हुँदैन’
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रालयहरू बीच सूचना आदानप्रदानमा समन्वय हुन नसकेको बताएका छन्। प्रदेश सूचनाको हक पुनरावेदन समितिले शनिबार चितवनको सौराहामा आयोजना गरेको सूचनाको हक प्रवर्धन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामिछानेले बागमती सरकारको प्रवक्ता भएपनि सबै मन्त्रालयको सूचना थाहा नभएको बताएका हुन्। ‘म बागमती प्रदेश सरकार...

दलित अधिकारबारे सचेतना कार्यक्रम सञ्चालन

दलित अधिकारबारे सचेतना कार्यक्रम सञ्चालन
चन्द्र पन्दाक ताप्लेजुङ, असार २१ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा दलित लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। दलित समुदायको हक तथा अधिकारबारे प्रशिक्षित गराउन सचेतना कार्यक्रम सञ्चालन गरिएको हो। मिक्वाखोला गाउँपालिकाको सञ्चालन गरेको चार दिने दलित लक्षित सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। पालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत दलित लक्षित सचेतना कार्यक्रम सञ्...

एसिसी यू-१६ कपको उपाधि नेपाललाई

एसिसी यू-१६ कपको उपाधि नेपाललाई
काठमाडौँ, असार २१ गते। नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मलेसियाको युकेएम ओभलमा शनिबार सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्त्वपूर्ण योगदान दिनुभयो।...

नेपाली महिला फुटबल टाेलीलाई प्रधानमन्त्रीकाे शुभकामना, ‘उज्वेकिस्तानसँगकाे खेल जित्नैपर्छ’

नेपाली महिला फुटबल टाेलीलाई प्रधानमन्त्रीकाे शुभकामना, ‘उज्वेकिस्तानसँगकाे खेल जित्नैपर्छ’
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानसँगकाे खेल नेपालले जित्नैपर्ने बताउनुभएको छ । एएफसी महिला एशियन कप छनोट २०२६ अन्तर्गत घरेलु टाेली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नुअघि नेपाली टाेलीसँग भर्चुअल माध्यममार्फत कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जीतको शुभकामना दिनुभएको हो । उहाँले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरूको मनोबल र मानसिकता पनि जित्ने किसिमको नै रह...

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपालले उज्वेकिस्तानसँग खेल्दै

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपालले उज्वेकिस्तानसँग खेल्दै
काठमाण्डाै – एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलमा छ अङ्कसहित तालिकाको दोश्रो स्थान र समान खेलमा छ अङ्क नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ । आज हुने समूह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउ...

प्रहरी विधेयकमा प्रहरी अधिकृतहरूसँग सुझाव माग

प्रहरी विधेयकमा प्रहरी अधिकृतहरूसँग सुझाव माग
नेपाल प्रहरी ऐनलाई संशोधन तथा एकीकरण गर्न सरकारले ल्याएको विधेयकमाथि प्रहरी प्रधान कार्यालयले संगठनका अधिकृतहरूसँग राय–सुझाव मागेको छ। विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा असार ११ देखि छलफल थालिएपछि यसबारेमा प्रहरी प्रधान कार्यालयले उच्च अधिकृतहरूलाई तीन दिनभित्र राय–सुझाव पेस गर्न पत्राचार गरेको हो। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) सम्मका अधिकृतहरूबाट विधेयक...

विधेयक सच्याउने ठाउँ छ : सभामुख

विधेयक सच्याउने ठाउँ छ : सभामुख
काठमाडौँ, असार १९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समितिमा भएको सहमति प्रतिकूल हुने गरी प्रतिनिधि सभाबाट पारित भएको सङ्घीय निजामती विधेयक सच्याउने ठाउँ रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ को ५० औँ शृङ्खलामा विशेष कुराकानी गर्दै सभामुख घिमिरेले नियमित प्रक्रियाबाटै उक्त त्रुटि सच्याउने ठाउँ रहेको बताउनुभएको हो । घिमिरेले प्रतिनिधि सभाबाट पारित भएको भए पनि राष्...

श्रीलंकामाथि नेपालको फराकिलो जित

श्रीलंकामाथि नेपालको फराकिलो जित
काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हराएको छ। तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले ४ गोल थप्यो। नेपालका लागि कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक पूरा गरेकी थिइन्। उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। सातौं...

कर्णाली विकास बैंक घोटाला प्रकणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ

कर्णाली विकास बैंक घोटाला प्रकणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
बाँके – नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले हिजाे धम्बोझी चोकबाट पक्राउ गरेको छ । मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेकाे सीआइबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो । ‘बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो’, सूचन...

यू–१६ इस्ट जाेन कप : पहिलाे सेमिफाइनलमा नेपाल र मलेशिया खेल्दै

यू–१६ इस्ट जाेन कप : पहिलाे सेमिफाइनलमा नेपाल र मलेशिया खेल्दै
काठमाण्डौ – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र घरेलु टोली मलेशिया खेल्दैछन् । यो खेल क्वालालम्पुरमा बिहान पौने ८ बजे शुरू हुनेछ । नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा...